विवाह गर्दै रोनाल्डिन्हो, त्यो पनि दुई प्रेमिकासँग एकसाथ

  • | शनिबार, १२ जेष्ठ, २०७५
  • | 1 year ago

ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्होले चाँडै नै विवाह गर्दैछन् । खबरलाई मान्ने हो भने ३८ वर्षीय रोनाल्डिन्हो आफ्ना दई प्रेमिकासँग एकसाथ विवाह गर्दैछन् । ब्राजिलको स्थानीय मिडियामा आएको खबरअनुसार रोनाल्डिन्हो यसै वर्ष अगस्टमा आफ्नी प्रेमिकाद्वय प्रिस्किला कोएलो र बीट्रिज सूजासँगै बिहै गर्दैछन् । दुवै पछिल्लो एक वर्षदेखि रोनाल्डिन्होसँग रियो दि जेनेरियोमा बस्दै आएका छन् ।

 

बताइएअनुसार बिहे रियोस्थित सांता मोनिका कोंडोमिनियममा एक निजी समारोहकाबीच हुनेछ । यद्यपी रोनाल्डिन्होको परिवार भने यस विवाहको विरुद्धमा छन् । उक्त विवाहमा रोनाल्डिन्होकी बहिनी देइसीले भने सहभागी नहुने जानकारी दिइसकेकी छन् ।

 

स्टार फुटबलर रोनाल्डिन्हो एफसी बार्सिलोना, एसी मिलान र पीएसजी जस्ता ठूला क्लबसँग आबद्ध भइसकेका छन् ।