छोरी बलात्कारको आरोपमा उपसचिव पक्राउ

  • | मंगलबार, २८ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
ललिपतपुर प्रहरीले छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा यादव थरका एक उपसचिव रहेका छन् ।

 

ललितपुरको धोवीघाटबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  यादवले छोरीलाई पटक–पटक जबरजस्ती यौन सम्बन्ध राखेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सोमबार पक्राउ गरिएको हो । छोरी कक्षा १२ मा अध्ययनरत छिन् ।  जेठ १९ गते आमाछोरीले नै घटना बाहिर ल्याएका थिए । उपसचिव यादवलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको ललितपुर परिसरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।