रेनोको नयाँ अफर : बजेट अघि बेनिफिट

  • | बिहीबार, ९ जेष्ठ, २०७६
  • | 3 weeks ago


काठमाडौं । रेनो गाडीको एक मात्र आधिकारक बितरक एडभान्स अटोमोबाईल प्रा.लि.ले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर मार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडिनै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन् ।

 

यस अफर अन्तर्गत ग्राहकहरुले ५ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निःशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीबाट लाभान्वित हुन सक्नेछन् ।

 

यो अफर रेनो ब्राण्ड गाडीहरु केडब्लुआईडी, डस्टर र क्यापचरमा सिमित अवधिका लागि उपलब्ध रहेको छ । त्यसैले छिटो गर्नुहोस् र रेनोको नयाँ अफरको लाभ उठाउनुहोस् ।