फिलिपिन्समा ज्वालामुखी, डरलाग्दो विस्फोटन हुन सक्ने चेतावनी

  • | सोमबार, २८ पुष, २०७६
  • | 6 months ago

 

एजेन्सी । फिलिपिन्समा एउटा सक्रिय ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेको छ ।

 

अधिकारीहरूले भने केही घण्टा वा दिनभित्र डरलाग्दो विस्फोटन हुन सक्ने चेतावनी दिएका छन् ।

 

राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमबार बिहान लाभा निस्किन थालेको हो ।
ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ हजार मानिसलाई अन्यत्र सारिएको थियो ।
बीबीसीका अनुसार टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो ।

 

एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखीमध्ये मानिन्छ । विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ चोटि विस्फोटन भएको अभिलेख छ ।

 

ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्सका अनुसार स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २ः४९ देखि ४ः२८ सम्ममा विस्फोटन हुने स्थितिमा पुग्यो ।

 

लाभाको फोहरा निस्किँदा चट्याङ परेको र बिजुली चम्किएको उसले जनाएको छ।

तर फिभोल्क्सले विस्फोटनको चेतावनीको तह बढाएर तीनबाट चारमा पु¥याएको छ । चेतावनीको अधिकतम तह पाँच हुन्छ ।

अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन् ।