ओली र प्रचण्डबीच भेटवार्ता

सभामुख चुनाव र एमसीसीका विषयमा छलफल

  • | बिहीबार, २ माघ, २०७६
  • | 5 months ago

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ ।

 

बालुवाटारमा भएको भेटवार्तामा सभामुखको चुनाव र अमेरिकी सहयोग एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।

 

प्रचण्डको निजी सचिवालयले सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री ओली सकारात्मक भएका जनाएको छ । तर छलफलमा कुनै सहमति नभएको र समग्र विषयमा खुलेर छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताए ।

 

सभामुखमा पूर्व एमाले र पूर्व माओवादीको दावी गर्दा ३ पटकसम्म संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।