धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • | शुक्रबार, ६ आषाढ, २०७६
  • | 1 year ago


काठमाडौं । धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा दुर्घटना भएको हो ।
जीप सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

जीपमा तरकारी बिक्री गर्न बजार झरेका किसानहरु थिए ।  दुर्घटनामा घाइते १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई भने काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
मृतक र घाइतेको सनाखत भएको छैन् ।