भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध

  • | सोमबार, १३ असोज, २०७६
  • | 1 year ago


काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । केन्द्र सरकारले निर्यातले गर्दा महँगी बढेको भन्दै प्रतिबन्ध लगाएको हो ।
भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याजको निर्यात नीतिमा अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगायतको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

पछिल्लो केही दिनमा भारतीय बजारमा प्रतिकेजी प्याजको मूल्य ६० देखि ८० भारुसम्म पुगेको थियो । भारतीय वाणिज्य मन्त्रालयले विदेश व्यापार महानिर्देशनालयलाई प्याजको कुनै पनि प्रकार विदेश निर्यात नगर्न निर्देशन दिएको हो ।

 

यस्तै भारत सरकारले प्याज बिक्री गर्नको लागि कोटा तोकेको छ । होलसेल व्यापारीको लागि बढीमा ५ सय क्विन्टल र खुद्रा व्यापारीका लागि एक सय क्विन्टल मात्रै स्टकमा राख्न पाइने व्यवस्था भारत सरकारले गरेको छ ।
भारतले नियार्तमा प्रतिवन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य बढ्न सक्ने देखिएको छ ।