नेपालको आईसीसी यू–१९ विश्वकप खेल्ने सपना टुंगियो

  • | बिहीबार, ५ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । आईसीसी यू–१९ एक दिवसीय विश्वकप खेल्ने नेपालको सपना टुंगिएको छ । यूएईले ओमानलाई हराएसँगै नेपालले विश्वकप खेल्ने सपना टुंगिएको हो ।
वर्षाका कारण यूएईविरुद्धको खेलमा डीएल मेथडमा १ रनले हार व्यहोरेको नेपालका लागि त्यही खेल नै दुर्भाग्य बन्यो ।

 

६ टोली सम्मिलित प्रतियोगितामा शीर्ष स्थानमा रहने एक टोलीले मात्रै विश्वकप खेल्न पाउने भएपछि नेपाल बाहिरिएको हो । जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै युएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ । नेपालको अहिले आफ्नो अन्तिम खेल कुवेतविरुद्ध खेलिरहेको छ । उक्त खेलमा जीत हात पारे पनि नेपाल ८ अंकका साथ दोस्रो स्थानमा रहनेछ ।