लाखौँ डलर कमाउने गर्छिन् यी आठ वर्षिय बच्ची

  • | शुक्रबार, १२ जेष्ठ, २०७४
  • | 3 years ago

एजेन्सी-एकतर्फ मानिसहरु पैसा जागिर पाउनका लागि डिग्री, ट्रेनिङ र धेरै संख्यामा अन्तर्वार्ताको सामना गर्नु परिरहेको छ । अर्को तर्फ एक आठ वर्षिय बच्चीले युट्युवमार्फत प्रत्येक महिना १,२७,७७७ डलर कमाउने गर्छिन् ।

 

युट्युवमार्फत चम्किएकी उनी कुनै हलिउड स्टारभन्दा कम रहेकी छैनन् । उनको पपुल्यारिटी यति बढेको छ कि उनको मासिक आम्दानी बढ्नमा निकै मदत पुगेको छ ।

 

एनएजले हालै मासिक आम्दानीका हिसबले टप युट्यब स्टार्सको सुची तयार गरेको थियो । यो डेटा आँट्रिगर मिडियाले जम्मा गरेको थियो । अर्निङ च्यानल्सलाई दुई हिस्सामा बाडिएको थियो ।

 

एक व्युटि एण्ड स्टाइल र फुड र कुकिङ । फुड एण्ड र कुकिङमा आठ वर्षकी बच्ची चार्लीको च्यानल चार्ली क्राफ्टी किचनलाई आम्दानीको नजरले पहिलो स्थानमा राखेको थियो । चार्ली आफ्नो यस च्यानलमा ब्रेकिङ टिप्स दिने गर्छिन् ।

 

आट्रिगरको हिसाबले यो च्यानलले प्रत्येक महिना औसत १,२७,७७७ डलर कमाउने गर्छ । यस च्यानलले प्रत्येक महिना २९ मिलियन दर्शकहरुको आकर्षण पाउने गरेको छ । चार्लीले आफ्नो भिडियो सन् २०१२ मा सुट गर्न सुरु गरेकी थिइन् । तब उनी ६ वर्षकीमात्र थिइन् ।