जनकपुरमा जन्मियो २ वटा टाउको भएको बच्चा

धनुषा । जनकपुरमा २ वटा टाउको भएको बच्चाको जन्म भएको छ । सिरहाको कर्जन्हा नगरपालिका बल्टिया घर भएकी २५ वर्षीय सविता वैद्यले जनकपुरको मिहिलाल अस्पतालमा २ वटा टाउको भएको शिशु जन्माएकी हुन् ।
६ महिनाकी गर्वभती सवितालाई सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको थियो । शल्यक्रिया गरी २ वटा टाउको भएको शिशु निकालिएको अस्पतालका प्रमुख रामबाबु यादवले बताए । सविताको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । तर शिशुको भने जन्मिएको १ घण्टापछि नै मृत्यु भएको छ ।