काठमाडौं कालोपुलमा युवतीमाथि एसिड प्रहार

  • | बिहीबार, २ जेष्ठ, २०७६
  • | 2 months ago

काठमाडौं । काठमाडौं कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । बुधबार साँझ २० वर्षीया युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले  युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको बताए ।

 

युवतीको चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।