अनुष्काले चुमिन ‘मिस नेपाल २०१९’ को ताज

  • | शुक्रबार, २७ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । २३ वर्षीया अनुष्का श्रेष्ठले ‘मिस नेपाल २०१९’ को ताज चुमेकी छन् ।  बिहीबार राति भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुस्काले ताज चुमेकी हुन् ।

 

उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृंखला खतिवडाले विजयी ताज पहिराईदिएकी थिइन् ।

 

यस्तै प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत नेपाल अर्थ बनेकी छन् भने मिरा कक्षपति मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेकी छन् ।