हेलिकप्टर दुर्घटनामा निधन भएका शेर्पाको सम्झनामा यति एयरले उडान नभर्ने

  • | बिहीबार, १६ फागुन, २०७५
  • | 2 years ago



काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा यति एयरलाइन्सले शुक्रबार उडान नभर्ने भएको छ । यति र तारा एयरले शुक्रबार देशभर उडान नभर्ने भएको हुन् ।

 

बिहीबार विज्ञप्ति जारी गरी यति एयरलाइन्सले प्रबन्ध निर्देशक शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ ।
बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा यतिका प्रबन्धन निर्देशक शेर्पा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।
उनीहरुको शवलाई अहिले पोष्टमार्टको लागि टिचिङ अस्पतालमा राखिएको छ ।

 

यति र तारा एयरले काठमाडौंदेखि भद्रपुर, विराटनगर, जनकपुर, लुक्ला, फाप्लु, ताप्लेजुङ, तुम्लिङटार, जोमसोम, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका ठाउँमा उडान गर्दै आएका छन् ।