यामाहाले ल्यायो एक्सेञ्ज एण्ड अपग्रेड अफर

  • | बिहीबार, ९ असोज, २०७६
  • | 1 year ago


काठमाडौं । यामाहाको नेपालस्थित एकमात्र आधिकारिक वितरक मोरङ अटो वर्क्सले एक नयाँ योजना एक्सेञ्ज एण्ड अपग्रेड योजना अघि सारेको छ ।
यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना अन्तर्गत यामाहा बाइकसँग जुनै ब्राण्डको प्रयोगमा आइसकेका बाइकहरु साट्न सकिनेछ र यामाहासँगै आफ्नो स्टाइल स्तरोन्नति गर्ने अवसर प्राप्त हुनेछ ।

वडा दशैँको अवसरमा देशभर छरिएर रहेका सबै यामाहा शोरुमहरुमा यो योजना प्रारम्भ भई असोज १३ गतेसम्म लागू गरिएको व्यहोरा अवगत गराइएको छ ।
दशैं हाम्रो घर आँगनमै आइसकेको छ र दशैं एक पर्वमात्र नभई आफ्नो जीवनस्तर बदल्ने अवसर पनि हो । यसैले हामीले सबै बाइकप्रेमीहरुलाई वहाँहरुको जीवनस्तर बदल्ने चाहनामा साथ दिन यो योजना अघि सारेका हौं । हामीलाई विश्वास छ स्टाइलिस, माइलेजको गुरु, मजबुत एवं हर तरहको लागि उपयुक्त यामाहासँग जोडिन आतुर आजका युवाहरुलाई यस योजनाले ऊर्जा प्रदान गर्नेछ– योजनाका सम्बन्धमा प्रकाश पार्दै एमएडब्लुका बजार व्यवस्थापक बिक्रम शर्मा पौडेलले बताए ।

 

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना एक यस्तो स्वर्णिम योजना हो, जसमा पुराना जुनै ब्राण्डका टू–ह्वीलरहरुको न्यूनतम मुल्याँकन नै ३० हजारभन्दा कम हुने छैन साथै प्रचलित बजार मुल्यभन्दा १५ हजार थप गरेर मुल्यांकन गरिनेछ । यतिमात्र नभई यामाहा बाइक खरीदमा ७ हजारदेखि एक लाखसम्मको नगद छुट, सामानहरु सित्तैंमा तथा शोरुम मै फाइनान्स सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।