यू–१९ एएफसी च्याम्पियनसीपका लागि ३१ सदस्यीय खेलाडी सार्वजनिक

  • | शनिबार, २ कार्तिक, २०७६
  • | 1 year ago


काठमाडौं । यू–१९ एएफसी च्याम्पियनसीप–२०२० को छनोटका लागि नेपालको ३१ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरिएको छ ।
प्रशिक्षक मेघराज केसीले ४८ जनाबाट शनिबार ३१ जनाको सूची सार्वजनिक गरेका हुन् । इरानमा हुने छनोट खेल नोभेम्बर ६ देखि सुरु हुने छ । समूह डी मा नेपालसहित युएई, इरान र कजाकस्तान रहेका छन् ।

 

हेर्नुहोस् यू १९ को ३१ सदस्यीय खेलाडीको सूची

गोलकिपरः विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पूजन होना

डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, अन्जल महर्जन, नवीन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, विजयी श्रेष्ठ, निराजन महर्जन

मिडफिल्डरः दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेमजन ।

फरवार्डः बृजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिब लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर