‘तिमीसँग’ को ट्रेलर

  • | मंगलबार, २९ फागुन, २०७४
  • | 3 years ago

काठमाडौं । फिल्म ‘तिमीसँग’ आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गरी अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र २३ गतेदेखि देशव्यापी प्रदर्शन थाल्ने तयारीमा रहेको उक्त फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन् ।


यसै फिल्मबाट निर्देशन थालेका राणाले ‘तिमीसँग’ को निर्माणसँगै पटकथा लेखन पनि आफैंले गरेका हुन् । नमन प्रोडसनको ब्यानरमा निर्माण गरिएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन, सुनील बिकेको मुख्य भूमिका रहेको छ ।

 

काठमाडौं, पोखरा, घोरेपानी, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपूर्ण बेसक्याम्प, नवलपरासी लगायतका क्षेत्रमा छायांकन गरिएको फिल्मलाईसुशील क्षेत्रीले खिचेका हुन् । त्रिकोणत्मक सांगीतिक प्रेमकथा बोकेको भनिएको फिल्ममा संवाद सुमन उप्रेतीले लेखेका हुन् ।