टाटा मोटर्स कार्निभल शुरु

  • | बिहीबार, १६ साउन, २०७६
  • | 2 years ago

 

काठमाडौं। टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडीङले रोमाञ्चक टाटा मोटर्स कार्निभल शुरु गरेको छ।
बिहीबारदेखि शुरु भएको मोटर्स कार्निभलमा गाडी खरिद र सट्टपट्टा गरेवापत लक्की ड्र अनुसार विभिन्न आकर्षक उपहार पाउन सक्ने कम्पनीले जनाएको छ।

 

कम्पनीका अनुसार हरेक ग्राहकले गाडी खरिद गर्दा युरोप भ्रमण, एप्पल सेट र तीन लाख रुपैयाँ छुट मध्ये एउटा उपहार रोज्न सक्नेछन्।

ग्राहकले गाडी एक्सचेन्जमा एक लाख सम्मको छुट, एक वर्षको फ्री रोड ट्याक्स र कार एसोसोरिज पाउन सक्ने कम्पनीले जनाएको छ।

 

कम्पनीले लक्की ड्र अन्तर्गत विजेतालाई बैंकक भ्रमण, सामसुङको ३२ इन्च टेलिभिजन, हुवावेको स्मार्ट फोन, दक्षिणकाली भिलेज रिसोर्टमा नाइट स्टे लगायत आकर्षक उपहार योजना राखेको जानकारी दिएको छ। हरेक टेष्ट ड्राइभमा दुईवटा फ्रि मुभी टिकट र हरेक गाडी खरिदमा १० हजार रुपैयाँको सर्प्राइज गिफ्ट समेत दिनेछ।