२० हजार डिजेल लोड भएको निगमको ट्यांकर अपहरण

  • | बुधबार, ४ मंसिर, २०७६
  • | 1 year ago


काठमाडौं । नेपाल आयल निगमको २० हजार डिजेल लोड गरेको ट्याङकर अपहरणमा परेको छ ।
निगमको इन्धन डिपो अमलेखगञ्जबाट आइतबार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको हो ।

 

सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गमा छाडेका निगमले जनाएको छ ।

 

यसैबीच हराएको ट्याङ्करबारे सत्यतथ्य पत्ता लगाउन निगमले छानबिन समिति गठन गरेको छ ।

निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।