सहनै नसक्ने गरी तनाव भयो ? यसो गर्नुस्

  • | शुक्रबार, ८ मंसिर, २०७४
  • | 3 years ago

एजेन्सी । व्यस्त जीवनशैली तथा विभिन्न अभावका कारण मान्छे स्ट्रेसको सिकार बन्छ । ठूलो युवापंक्तिमा स्ट्रेसको खतरा बढी देखिन्छ । पढाइका कारण पनि युवाहरूमा स्ट्रेस भएको पाइन्छ ।


स्ट्रेस भयो भने तत्काल चाल्न सकिने उपयोगी टिप्स छन् :

 

स्ट्रेस भयो भने तत्काल शान्त हुनुहोस् र तीनपटक गहिरो श्वासप्रश्वास गर्नुहोस्

 

यस अवस्थामा दुवै हात माथि फर्काएर दुई मिनेटसम्म स्ट्रेचिङ गर्नुहोस् ।

 

स्ट्रेस भएका वेला चिसो पानी पिउँदा पनि राहत मिल्छ ।

 

स्ट्रेस भएका वेला आफूलाई मनपर्ने कुनै संगीत सुन्नुहोस् या मन पर्ने किताब पढ्नुहोस् ।

 

स्ट्रेस हुँदा एक्लै सकेसम्म नरहनुहोस्, परिवारका सदस्य या साथीको साथमा समय बिताउनुहोस् ।

 

स्ट्रेस भएको अवस्थामा २० देखि ३० मिनेटसम्म शारीरिक कसरत गर्नुहोस् ।

 

कुनै विषयमा तनाव बढ्दा स्ट्रेस हुन्छ । यस्तो वेला तनावबाट मुक्त हुन हाँस्ने कोसिस गर्नुहोस् ।

 

स्ट्रेसका वेला चुरोट र रक्सी सेवन नगर्नुहोस् ।