भृकुटीमण्डपमा १४ औं नाडा अटो सो

  • | मंगलबार, १० भदौ, २०७६
  • | 2 years ago


काठमाडौं । काठमाडौं भृकुटीमण्डपमा मंगलबारदेखि शुरु १४ औं नाडा अटो सो शुरु भएको छ ।
अटो सोको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका छन् ।

 

उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले सवारी व्यवसायमा आयातलाई भन्दा उत्पादनमा जोड दिने बताए ।
मन्त्री खतिवडाले सार्वजनिक सवारीमा विद्युतीय सवारी सरकारको प्राथमिकतामा रहेको बताए ।

 

वातावरण प्रदुषण र पेट्रोलियम पदार्थको खपत कम गर्ने हाब्रिड कार पनि सरकारको प्राथमिकतामा रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।
अटो मोबाईल एसोसियसन अफ नेपाल ‘नाडा’ले आयोजना गरेको अटो सो आगामी आइतबारसम्म चल्नेछ ।

 

उक्त सोमा विद्युतीय सवारी साधन आकर्षणका रुपमा रहेका छन् । मेलाका अवसरमा बाणिज्य बैंकले समेत गाडी कर्जा उपलब्ध गराउँदैछन् ।
अटो सो मा विभिन्न ९५ ब्राण्डका सवारी साधन राखिएका छन् । मेलामा चारपांग्रेतर्फ २३, दुईपांग्रेतर्फ १९ वटा ब्रान्डको सहभागिता छ । १३ वटा बैंक तथा वित्तीय संस्थाको छुट्टै स्टल राखिएको छ ।

 

 

साथै सवारी साधनका प्रयोग हुने लुब्रिकेन्ट, टायर लगायतका सामाग्रीहरु पनि मेलाको आकर्षणका रुपमा रहेका छन् । मेलामा १ सय साठीवटा स्टल रहेका छन् । मेलाका अबसरमा विभिन्न ब्राण्डले आकर्षक छुटको घोषणा समेत गरेका छन् । मेला करिब ७५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।