शरीर जोडिएका दुई बालिका

  • | मंगलबार, ४ मंसिर, २०७५
  • | 2 years ago

काठमाडौं । कालिकोटमा २८ वर्षीया महिलाले शरीर जोडिएका दुई बालिकालाई जन्म दिएकी छन् । राष्कोट नगरपालिका–५ स्यूनाकी ललिता बुढाले शरीर जोडिएका दुई बालिकालाई जन्म दिएकी हुन् ।

दुई बालिकाको तौल तीन किलो छ सय ग्राम छ । शरीर जोडिएका बालिकालाई एनआइसियुमा राखेर उपचार भइरहेको छ ।

सुर्खेत प्रदेश अस्पतालमा आइतबार अप्रेशन गरेर शरीर जोडिएका ती दुई बालिकालाई निकालिएको हो । बालिकाको छाती र पेटको माथिल्लो भाग जोडिएको बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए ।