सर्वोच्चले भन्यो,‘शिल्पालाई तत्काल पक्राउ नगर्नस्’

  • | आइतबार, १ भदौ, २०७६
  • | 1 year ago


काठमाडौं । सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अल्पकालिन आदेश दिएको छ ।

 

उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा शिल्पाले दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश दिएको हो ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

 

शिल्पाले साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । साउन २४ गते भएको सुनुवाइपछि अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो ।

 

उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले अभिनेन्त्री पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालतको आदेश सदर गर्दै उनीहरुलाई पक्राउ गर्न बाटो खोलेको थियो ।

 

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन् ।
गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।