बलिउड सुपरस्टार सलमान खानलाई भेटिन् नायिका सुष्मा कार्कीले, यसरी जुरेको थियो मौका

  • | बिहीबार, ५ असोज, २०७४
  • | 3 years ago

काठमाडौं । आइटम गर्ल तथा नायिका सुष्मा कार्कीको एउटा अन्तरमनको सपना पुरा भएको छ । सलमान खानकी डाइहार्ट फ्यान सुष्माले सलमान खानलाई लण्डनमा भेट्ने सुअवसर पाएकी हुन् ।

 

बलिउड स्टार सलमान अहिले ‘दबंग टुर’ का लागि लन्डनमा रहेका बेला कार्यक्रमको शिलशिलामा लण्डनमा नै रहेकी सुष्माले सलमानलाई भेट्ने मौका पाएकी हुन् ।श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले गर्न लागेको विजया दशमी शुभकामना साँझमा सुष्मा त्यहाँ जानु र दबंग टुरका क्रममा सलमान रहनु नै सुष्माका लागि मौकामा चौका हुन पुग्यो ।

 

सलमानसँग लण्डनमा खिचाएका तस्विरहरु सामाजिक संजाल फेसबुकमा शेयर गरेपछि अहिले उक्त तस्विरहरु सामाजिक संजाल तथा अनलाइनमा भाइरल बनिरहेका छन् ।