सागमा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख

  • | बुधबार, २५ मंसिर, २०७६
  • | 1 year ago


काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेको छ ।
जसअन्र्तगत स्वर्ण जित्ने खेलाडीलाई नौ लाख, रजत जित्नेलाई ६ लाख र काश्य जित्नेलाई तीन लाख दिने घोषणा गरेको हो ।

 

यसका साथै एक भन्दा बढि स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।
यसपटकको सागमा नेपालले कुल ५१ स्वर्ण जितेको थियो ।  यस्तै ६० रजत र ९५ काश्यसहित कुल दुई सय ६ पदक जितेको थियो ।