यस्तो देखियो 'रुदानेः विद्रोहको नेपाली नाम' को फष्ट लुक

  • | बुधबार, ७ आषाढ, २०७४
  • | 4 years ago


काठमाडौँ, ७ असार । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको दिन बुधवार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदानेः विद्रोहको नेपाली नामको फष्ट लुक सार्वजनिक गरिएको छ ।


चलचित्रमा रुपचन्द्र विष्टको सिंगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । रुदाने अमित किसोर सुवेदी, रविकास ढकालले संयुक्त लेखन तथा निर्देशन गरेका हुन् । दावनल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्माता जागृत रायमाझी रहेका छन् ।


चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्य देबले अभिनय गरेका छन् । त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदी लगायतका एक सय भन्दा बढि कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा बलिउडका सान्ता राओको छायाङकन , निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगित रहेको छ ।


निर्देशकद्वयले चार वर्ष सम्म रुचपन्द्र विष्ट माथिगहिरो अध्ययन अनुसन्धान गरि रुदाने ःविद्रोहको नेपाली नाम तयार पारेका हुन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै निमार्ण पक्षले चलचित्रको फष्ट लुक सार्वजनिक गरेको छ । रुदाने यसै वर्ष भित्र प्रर्दशनमा ल्याउने गरि अन्तिम चरणको सुटिङ भइरहेको निमार्ण पक्षले जनाएको छ ।

 

 


जीवनीमा आधारित चलचित्र कमै मात्र बन्ने नेपालमा आफू रुपचन्द्रको शिष्य भएको र धेरै हिसाबले रुपचन्द्रको जीवनसँग पनि जोडिएकाले यो फिल्म बनाउन तम्सिएको निर्माता जागृत रायमाझीको भनाइ छ । फिल्म मार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ता माझ किंबदन्ति बनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको निर्देशकहरुले बताए । आफू सधै सत्य बोल्ने र ठिक काममात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने नै फिल्म निमार्णको मूल हेतु हो ।


मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई नेपालमै मौलिक नेपाली दर्शन थाहा जन्माइ जनमुखि राजनीतिमार्फत सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा कहिकतै पनि दर्ज नभएको नाम हो । २०४०को दशकमा देशमा लोकप्रियताको शिखरमा रहेको रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।