सबैभन्दा धनी मुस्लिम महिलाहरु

  • | शुक्रबार, १२ जेष्ठ, २०७४
  • | 4 years ago

लाइफमाण्डु । विश्वभर धनी पुरुषहरुको कमी रहेको छैन । महिलाहरु पनि विस्तारै उक्त लिस्टमा सामिल हुदै आइरहेका छन् । पछिल्लो समय उल्लेख्य संख्यामा धनी महिलाहरुको सुची रहेको छ ।

 

मुस्लिम समुदायमा महिलाहरुलाई काम गर्न निकै समस्या हुने गर्छ । तर, विश्वमा केही यस्ता मुस्लिम महिलाहरु रहेका छन् जसले धनी हुँदै विश्वभर नाम कमाउने गरेका छन् । थाहा पाउनुहोस् सबैभन्दा धनी मुस्लिम महिलाहरुबारे ।


१. राजकुमारी मजीदा नूरल बोलकिया, ब्रुनेई


राजकुमारी मजीदा नूरल ब्रुनेईका राजा हसलनल बोलकियाकी दोस्री छोरी हुन् । यिनको नाम विश्वको धनी मुस्लिम महिलको सुची छ । राजपरिवारकी सदस्य यिनले खैरुल खलीलसँग विवाह गरेकी थिइन् ।


२. राजकुमारी अमीरा अल तवील, साउदी अरब


साउदी अरबका राजकुमार अल वालिदकी पत्नी हुन् राजकुमारी अमीरा अल तवील । यसै कारण उनी विश्वकै धनी मुस्लिम महिलामध्येमा पर्छिन् ।


३. राजकुमारी हाजा हफीजा सुरुरुल बोलकिया


राजकुमारी हफीजा ब्रुनेइका राजाकी चौथो सन्तान हुन् । यस कारण उनको नाम धनी महिला मस्लिमको सुचीमा रहेको छ ।


४. महारानी रानिया, जोर्डन


जोर्डनका राजा अब्दुल्लाहा इल इब्न अल–हुसैनकी पत्नी हुन् महारानी रानिया ।


५. शेखा हनादी बित नसीर खालेद, कतार


कतार रियल स्टेट बिजनेशम्यानकी पत्नी शेखा हनादी पेशाले म्यानेजर हुन् । मिडिया रिपोर्ट मान्ने हो भने उनीसँग १५ अर्व डलर सम्पत्ति रहेको छ ।


६. राजकुमारी लाला सलमा, मोरक्को


मोरक्कोका राजा मोहम्मदकी छैठौ सन्तान प्रिन्सेस लाल पनि कोहीभन्दा कम रहेकी छैनन् । धनी भएकै कारण उनको नाम धनी महिलाको सुचीमा रहेको छ ।