रियल मड्रिडको जितमा रोनाल्डोले गरे दुई गोल

  • | आइतबार, १३ फागुन, २०७४
  • | 3 years ago

फागुन १३ – स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ ।

 

क्रिष्टियानो रोनाल्डोले व्यक्तिगत २ गोल गर्दा रियल मड्रिडले आलाभेसलाई ४–० ले हरायो ।

 

सान्टियागो बर्नाबाउमा भएको खेलमा रोनाल्डोले ४४ औं मिनेटमा गोलको खाता खोलेका थिए । दोस्रो हाफ सुरु भएको कही सेकेण्डमा नै ग्यारेथ बेलले गोल गर्दै घरेलु टिमलाई २ गोलको अग्रता दिलाए ।

 

रोनाल्डोले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को स्थितीमा पुर्याए । खेलको ८९ औं मिनेटमा मड्रिडले पाएको पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गरेपछि रियलले ४–० को जित हात पारेको हो ।

 

सिजनको सुरुवातमा खराब प्रदर्शन गरेको रियल मड्रिडले यो जितसँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ११ मा झारेको छ । उसले चौथो स्थानको भ्यालेन्सियालई ५ अंकले पछि छोडेको छ ।