रवि लामिछाने प्रहरी नियन्त्रणमा

  • | बिहीबार, ३० साउन, २०७६
  • | 2 years ago


काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।  उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई मर्न बाध्य पार्ने युवती भन्दै नाम लिएका अस्मिता कार्कीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ ।