पूर्व शिक्षामन्त्री पौडेलको निधन

  • | शुक्रबार, ३१ जेष्ठ, २०७६
  • | 2 years ago


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको शुक्रबार निधन भएको छ ।
बिहान चितवन माडीमा रहेको निवासमा हृदयघात भएपछि उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

 

पूर्व स्वकीय सचिव ओमनाथ पाण्डेका अनुसार उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि माडी बसन्तपुरमा राखिने जनाइएको छ ।

 

पौडेललाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता शुक्रबार नै चितवन पुग्ने उनले बताए ।
पौडेल २०७३ साल भदौमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारमा शिक्षा मन्त्री बनेका थिए ।
उनकी श्रीमती गंगा वेलवासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन । पौडेलका दुई छोरी छन् ।