राजकुमार ह्यारीको बिहेको मिति तोकियो

  • | शनिबार, १ पुष, २०७४
  • | 3 years ago

काठमाडौँ , पुष १ । बेलायतका राजकुमार ह्यारी र मेघान मार्कलको बिहेको मिति निश्चित भएको छ ।


अर्को वर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको औपचारिक विवाह हुने मिति तय भएको हो । केन्जिङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर महलमा हुनेछ ।


वैवाहिक समारोहमा सांगीतिक कार्यक्रमसहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।


ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्बिर पहिलो पटक सार्वजनिक भएको थियो ।


उनीहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउने भएका छन् । विवाहपछि उनीहरू केन्जिङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने भएको छ । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार छन् ।


अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।