प्रेसिडेन्सियल विजनेश स्कुलका १ सय ५० जना विद्यार्थी दीक्षित

  • | मंगलबार, ९ असोज, २०७५
  • | 2 years ago

काठमाडौं । अमेरिकाको वेष्टक्लिफ युनिभर्सिटीको सम्बन्धमा संचालित प्रेसिडेन्सियल विजनेश स्कुलका १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । प्रेसिडेन्सियलले हालै काठमाडौं आफ्नो तेस्रो दीक्षान्त समारोह सम्पन्न गरेर एमबीए र बीबीएतर्फका स्नातकहरुको दीक्षान्त सम्पन्न गरेको हो ।

दीक्षान्त समारोहका प्रमुख अतिथी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रहेका थिए । यस्तै, विशिष्ट अतिथीका रुपमा वेष्टक्लिफ युनिभर्सिटीका प्रोभोष्ट प्रा।डा। डेविड मेकिनी उपस्थित रहेका थिए ।

दिक्षान्त समारोहमा बिबिए र एमबिए गरेर १५० जना विद्यार्थीहरु दिक्षीत भएका थिए । समारोहमा बोल्दै अवसरमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले विगत लामो समयदेखि राजनीतिक तथा समाजिक परिवर्तन र सबै जात–जाती, भाषा–भाषी, वर्ग, समूह र क्षेत्रका जनताको पहुँच र सहभागिता राज्यका सबै निकायमा स्थापित गर्न गरिएका आन्दोलनहरु सफल भएको बताए । उनले भने, ‘अब हामी विकास र समृद्धीको युगमा प्रवेश गरेका छौं ।’

उनले नेपाल सरकारले “समृद्ध नेपाल, खुशी नेपाली” भन्ने मुलमन्त्रका साथ देश निर्माणको कामलाई योजनाबद्ध ढंगले अगाडी बढाइरहेको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयनसँगै देशमा रोजगारीका थुप्रै अवसरहरु प्राप्त हुने बताए । त्यसका लागि दक्ष जनशक्तिको पनि आवश्यक पर्ने तिमिल्सिनाको भनाइ थियो ।

‘विश्वब्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष नागरिक उत्पादन गर्नु हाम्रा लागि अहिले चुनौतिको बिषय बनेको छ । प्रेसिडेन्सियल विजनेश स्कुलले निजीक्षेत्रबाट नै भए पनि अमेरिकाको विश्वविद्यालयसंगको सहकार्यकामा देशमा नै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जन शक्ति उत्पादन गरिरहेको छ,’ उनले भने, ‘समृद्धिको लक्ष्य पूरा गर्न तपाईंहरु जस्तै क्षमता र प्रतिभा भएका युवाशक्तिको खाँचो देशलाई पर्ने छ । मलाई विश्वास छ, तपाईंहरुले आफूरुसँग भएको ज्ञान, सिप र क्षमता एवम् उर्जाको प्रयोग यो देशमै गर्नु हुनेछ ।’


विशिष्ट अथिति वेष्टक्लिफ युनिभर्सिटीका प्रोभोष्ट डा।मेकिनीले नेपालमा केही दशक अघिसम्म पनि शिक्षामा सिमित व्यक्ति वा वर्गहरुको मात्र पहुँचमा रहेको उल्लेख गर्दै नेपालले छोटो अवधिमा शिक्षा क्षेत्रमा गरेको विकास अकल्पनीय भएको बताए । ‘आज यहाँ विश्वस्तरीय शिक्षा प्राप्त गरेर तपाईहरु ग्राज्युएट हुनु भएकोमा मलाई खुशी लागेको छ र मलाई विश्वास छ तपाईहरुले आर्जन गरेको शिक्षा आफ्नो देशका लागी उपयोगी हुनेछ,’ उनले भने ।


कलेजका कार्यकारी निर्देशक लक्ष्मण के।सी।ले दीक्षित विद्यार्थीहरुलाई सुझाव दिदै भने, ‘यदी तपाईहरु जीवनमा सफलताको सिढी चढ्दै जाना चाहनुहुन्छ भने सात बिषयलाई मूलमन्त्र बनाउनुहोस् ।’ उनले सातमन्त्रका रुपमा सर्वप्रथम आफुलाई चिन्नुपर्ने बताउँदै थपे, ‘यसको शुरुवात ‘म’बाट गर्नुहोस् —‘म’ को हुँरु मेरा विशेषताहरु वा बलिया पक्षहरु के के हुनरु, ‘म’ के गर्न सक्छुरु र, सबै भन्दा महत्वपूर्ण कुरा ‘म’ के गर्न चाहन्छुरु सामान्यतयाः हामीहरु अरुले के गरिरहेको छ वा के गर्न खाज्दैंछ भन्ने विषयलाई ज्यादा महत्व दिने गर्छौ । यदि त्यसो गरियो भने जहिले पनि अरुलाई पछ्याई रहेका हुनेछौं कहिले लिडर बन्न सक्दैनौं ।’