प्रजातन्त्र दिवस मनाइयो

  • | मंगलबार, ७ फागुन, २०७५
  • | 2 years ago


काठमाडौं । राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा मंगलबार देशभर विभिन्न कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाइएको छ ।

 

२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलगायत सहभागी भएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परेड र खेल कौशल प्रदर्शन गरिएको थियो ।