चितवन राइनोजद्वारा पोखरा पल्टन ६ विकेटले पराजित

  • | मंगलबार, १ पुष, २०७६
  • | 1 year ago


पोखरा । पोखरा प्रिमियर लिग(पीपीएल)मा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ ।
पोखरा क्रिकेट मैदानमा मंगलबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा एक सय सात रनमा अलआउट भयो ।

 

चितवन राइनोजले १०८ रनको सामान्य लक्ष्य १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।  चितवनका लागि बाबर हयातले अविजित ६६ तथा सन्नी पटेलले अविजित २२ रनको योगदान गरेपछि १०८ रनको लक्ष्य ३१ बल बाँकी छँदै पूरा भएको हो ।
बलिङतर्फ पोखराका रसिद खान र सर्व्जित लड्डाले दुई÷दुई विकेट लिएका थिए ।

 

यसअघि खराब सुरुवात गरेको पोखराले मात्र ५ रनमा पहिलो विकेट गुमाएको थियो ।