विमान दुर्घटनामा चालक दलका सदस्यसहित १ सय ७६ जनाकै मृत्यु (अपडेट)

  • | बुधबार, २३ पुष, २०७६
  • | 1 year ago


एजेन्सी । इरानमा युक्रेन बोइङ ७३७ विमान दुर्घटना हुँदा सबै यात्रुसहित चालक दलका सदस्यको मृत्यु भएको छ ।
युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको हो ।

 

विमानमा १७० यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए । युक्रेनी विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जहाजमा भएका सबैको मृत्यु भएको जनाएको छ ।

 

इरानका सरकारी सञ्चारमाध्यमहरूले युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको जनाएका छन् ।
दुर्घटनापछि चार वटा हेलिकप्टर र दर्जन बढी एम्बुलेन्स उद्धारमा खटिएका थिए । तर जहाजमा आगो लागेकाले कसैलाई पनि जिवित फेला पार्न नसकिएको जनाइएको छ ।