भाइरल भएको एउटा पेनाल्टी : जहाँ यसरी सम्भव भयो गोल (भिडियोसहित)

  • | बुधबार, ८ कार्तिक, २०७४
  • | 3 years ago

काठमाडौं, कात्तिक ८ । गएको शनिबार थाइल्यान्डको स्थानीय युथ-१८ कप फुटबलमा निकै रोमाञ्चक पेनाल्टी सुट हेर्न पाइयो ।

 

बैंककमा बैंकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबिचको सेमिफाइनल खेलमा भएको पेनाल्टी अहिले विश्व फुटबल प्रेमीमाझ भाइरल भइरहेको छ । 

 

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको खेलमा निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा बैंकक २०–१९ गोल अन्तरले विजयी भयो । १९–१९ गोल हुँदा बैंककका एक खेलाडीले हानेको पेनाल्टी प्रहार विपक्षी गोल पोष्टको माथिल्लो बारमा लागेर फर्किएको थियो ।


पेनाल्टी बारमा लागेर रोकिएको ठानेर खुशी मनाएका सात्री क्लबमा किपरको खुशी धेरैबेर टिक्न पाएन । बारमा लागेर आएको बल भुँइमा ठोक्किँदै पोष्टभित्रै पस्यो र गोल भयो ।