मालपोतका प्रमुख ५ लाख घुससहित रंगेहात पक्राउ

  • | शुक्रबार, ६ मंसिर, २०७६
  • | 1 year ago


काठमाडौं । मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन्।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शुक्रबार बिहान ११ बजे भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो ।

 

सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।

मण्डलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।