डकैती घटनामा संलग्न ३ जना पक्राउ

  • | आइतबार, ८ बैशाख, २०७६
  • | 2 years ago

 काठमाडौं । काठमाडौंस्थित रानीबारीमा २०७५ चैत २६ गते भएको डकैती घटनामा संलग्न ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा चन्द्रागिरिका नवराज तामाङ, विक्रम श्रेष्ठ र नुवाकोटका दिपेश भनिने सन्तबहादुर तामाङ रहेका छन् ।

 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको अनुसन्धान थालेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

 

पक्राउ परेका ३ जनाले रानीबारीमा लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी र घरको रेखदेख गर्ने मिठु थकालीसहित ३ जनालाई हातखुट्टा बाँधेर लुटपाट गरेका थिए ।
प्रहरीले उनीहरुको साथबाट सुनको तिलहरी, बा २ ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ नम्बरको जीप पनि बरामद गरेको छ ।