ओली–प्रचण्डवीच भेटवार्ता हुँदै, के हाेला त पार्टी एकता ?

  • | शुक्रबार, ५ माघ, २०७४
  • | 3 years ago

काठमाडौं, माघ ५ । वाम गठबन्धनका शीर्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आज भेटवार्ता हुने भएको छ ।


नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि अध्यक्ष प्रचण्डले आजै भेटवार्ता गर्ने प्रयास गरेका छन् ।


आज साँझसम्म भेटवार्ता हुने प्रचण्ड निकट उच्च स्रोतको दाबी छ। उनीहरुवीच पार्टी एकता र राष्ट्रिय सभाको निर्वाचनमा भागबण्डाबारे छलफल हुने बताइएको छ ।

 

सरकार गठन भन्दा अघि नै पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा दुवै नेताहरु उभिएका छन् ।