एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित

  • | शुक्रबार, १ कार्तिक, २०७६
  • | 1 year ago


काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त(जर्मनी) निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै अध्यक्षमा पन्त निर्वाचित भएका हुन् ।

 

पन्तले १२१७ मत ल्याएका थिए भने प्रतिस्पर्धी आचार्यले १०७० मत ल्याएका थिए । यस्तै महासचिवमा डा. हेमराज शर्र्मा(बेलायत) १०३९ ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जानकी गुरुङले १०५३ मत ल्याएकी थिइन् ।

यस्तै उपाध्यमा बद्री केसी(रसिया), सोनाम लामा(अमेरिका), अर्जुनकुमार श्रेष्ठ(बेल्जियम) र मन केसी(अष्ट्रेलिया) निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा रविना थापा(अमेरिका) निर्वाचित भएकी छन् । सचिवमा गौरी जोशी(अमेरिका) र आरके शर्मा(मध्यपूर्व)

निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष मेहेश श्रेष्ठ (जापान) र सहकोषध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।

 

निर्वाचन समितिले औपचारिक रुपमा मत परिणाम घोषणा गर्न भने बाँकी रहेको छ ।  महाधिवेशनमा विश्वभरीबाट करिब २ हजार ८ सय प्रतिनिधि सहभागी थिए । तिमध्ये दुई हजार ३ सय ४० मतदाताले बिहीबार मतदान गरेका थिए । बुधबारका लागि तय भएको मतगणना विद्युतीय मेशिनको गढबढीका कारण बिहीबारमात्रै भएको थियो ।