नेपाल आइडलमा दोस्रो भएपछि भावुक हुँदै निशानले यसो भने

  • | आइतबार, ८ असोज, २०७४
  • | 4 years ago

काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आइडलले पहिलो सिजनमा पोखराका वुद्ध लामालाई नेपाल आइडल बनाएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमश निशान भट्टराई र प्रताप दास रहे ।

 

कतारमा फाइनल आयोजना गरिएको नेपाल आइडल एपीवान टेलिभिजनबाट पौने ९ बजेबाट शुरु हुने भनिएको भएपनि प्राविधिक कारण वश लाइभ गर्न नसकिएको एपी वानले बताएको छ ।

 

टेलिभिजन सेटको अगाडि नेपालको पहिलो आडल छान्ने फाइन हेर्न बसेका दर्श तथा सामाजिक सञ्जाल, युट्युवमा लाइभ हेर्न वसेका दर्शकले भनिएको समयमा लाइन नदिएपछि आक्रोश पोखेका थिए ।

 

अवेर गरिकतारम शुरु गरिएको कार्यक्रममा हरिवंश र मदनकृष्णले संयुक्त रुपमा पहिले नेपाल आइडलको रुपमा बुद्ध लामाको घोषणा गरेसँगै लामाले भुइ चुमे र आफूलाई माया गर्ने र भोट हाल्ने सवै फ्यानहरुलाई धन्यवाद दिए ।

 

सेकेण्ड रनर अप भएका दासले पनि आफ्ना फ्यानहरुलाई धन्यवाद दिए । दाससँगै उनका बाबुपनि सटेजमा देखिएका थिए ।

 

फस्ट रनरअप भएका निशानले आफूलाई भोट हाल्ने सवैलाई धन्यवाद दिए । आफ्नी आमालाई लिएर नेपाल आइडलको ग्राण्ड फिनालेको कार्यक्रमका लागि कतार निशान सवैलाई धन्यवाद दिदै गर्दा भावुक भएक थिए ।

 

‘मलाई भोट दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ निशानले भने,‘ म हजुरहरु सम्पूर्णको ऋणी भएको छु’।

 

बुद्ध लामाले २० लाख रुपैयाँ नगद, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँ बराबरको एल्बम कन्ट्र्याक्ट प्राप्त गरेका छन्। योसँगै एक वर्षका लागि उनी एपी वानसित अनुबन्धित हुनेछन्।

 

फस्ट रनरअप मोरङका निशान भट्टराई ले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप ललितपुरका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाए।

 

आइडल सिरिजमा कसले कति भोट पाएको सार्वजनिक गर्ने प्रचलन नभए पनि अन्नपूर्ण पोस्टले भोट तथ्याङ्क पनि सार्वजनिक गरेको छ। नौ दिनसम्म खुला गरिएको भोटमा एसएमएस र अनलाइन भोटिङ गरी कूल कूल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट आएको थियो।

 

यसमध्ये बुद्ध लामाले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका थिए भने दोस्रो भएका निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ र तेस्रो भएका प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए।