रविको श्रीमती निकिताको जाहेरी प्रहरीले लिन मानेन

  • | बुधबार, ४ भदौ, २०७६
  • | 2 years ago


काठमाडौं । पत्रकार रवि लामिछानेको श्रीमती निकिता पौडेलको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको छ ।  प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै

 

जनआस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठलगायत तीन जनाविरुद्ध उजुरी दर्ता गराउन उनी महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् ।
जाहेरी क्षेत्राधिकार बाहिर भएको भन्दै फर्काएको हो ।

 

रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिंहसँग आधा घण्टा छलफल गरेका थिए । छलफलमा सहभागी प्रहरी उपरीक्षक अशोक सिंहले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताए ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

 

उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ ।