टाटाको एसयूभी नेक्सन सार्वजनिक

  • | शुक्रबार, ११ फागुन, २०७४
  • | 3 years ago

काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले एसयूभी ‘नेक्सन’ गाडी सार्वजनिक गरेको छ। सिप्रदीले यो गाडी सार्वजनिक हुनु अगावै बुकिङ खुला गरेको थियो।


सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जंगबहादुर राणाले ह्याचब्याक र सेडानबाहेकको वर्गमा पनि कारको वृद्धि गरिएको उल्लेख गर्दै कम्प्याक्ट एसयूभीमा यो ठूलो कदम भएको उल्लेख गरे।


नेक्सनले भारतमा एनडिटिभी कार तथा बाइक अवार्डस २०१८ मा ‘बेस्ट सब कम्प्याक्ट एसयुभी अफ द इयर’ को उपाधि समेत हात पारेको थियो। यसको डिजाइन नौलो र सडकमा गुडाउँदा सहज अनुभूती हुने कम्पनीले जनाएको छ।


रिभोट्रोन सिरिजको यो १।२ लिटरको टर्बो चार्जयुक्त पेट्रोल र १।५ लिटर डिजेल इन्जिन भेरियन्टमा उपलव्ध छ।


पेट्रोल भेरियन्टको ३२ लाख ७५ हजार र डिजल भेरियन्टको ४१ लाख ५५ हजार रुपैयाँ सुरुआती मूल्य तोकिएको छ।


नेपालभरका २० आधिकारिक सोरूमबाट गाडी उपलव्ध हुने कम्पनीले जनाएको छ।


यसको पेट्रोल इन्जिनले १ सय १० पिएस पावरमा १ सय ७० र डिजल इन्जिनले १ सय १० पिएस पावरमा २ सय ६० एनएम टर्क उत्सर्जन गर्छ। यो आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै टर्कयुक्त गाडी भएको कम्पनीको दाबी छ।


पाँच फरक रंगहरू रातो, नीलो, खैरो, सेतो तथा चाँदी रंगमा गाडी उपलव्ध छ।


नेक्सनमा ७५ हजार किमी वा ३ वर्षको वारेन्टी रहेको टाटा मोटर्स इन्टरनेसनल बिजनेस प्यासेन्जर भेइकल युनिटका हेड सुजन रोयले जानकारी दिए।


गाडीको २ सय एमएमको ग्राउण्ड क्लियरेन्सले ठूलो खाल्डो तथा स्पिड ब्रेकरहरुलाई सजिलै पार गर्न सक्ने खालको भएको कम्पनीले जनाएको छ। अफरोड यात्राको लागि पनि गाडी उत्कृष्ट रहेको कम्पनीको दावी छ।


यसमा ६। ५ इन्चको टच स्क्रिन फ्लोटिङ ड्यासबोर्ड म्युजिक सिस्टम समावेस गरिएको छ। सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयरब्याग र कर्नर स्थिरता युक्त ‘एन्टीलक बे्रकिङ सिस्टम विथ इबिडी’ समावेश छ। रियर सिटमा ‘आइएसओ फिक्स चाइल्ड रिस्ट्रेन सिस्टम’ लगायतका उच्चस्तरीय फिचर्स समावेस छन्।


आरामपूर्वक गाडी चलाउन नेक्सनमा उच्चस्तरीय ‘फोम’बाट बनाइएको सीटहरु, यू–टर्नहरुमा सहजता पुर्वक ड्राइभिङको लागि ईलेक्ट्रिक पावर स्टेरिङ समावेश गरिएको छ।


त्यस्तै यसमा प्रिमियम थ्री–टोन ड्यासबोर्ड छ। यसमा भएको इको, सिटी र स्पोर्टमध्ये चालकले आवश्यकता अनुसार ड्राइभिङको सहजता पाउन सक्नेछन्।


समान कुलिङका लागि रियर ब्लोअर र अटोमेटिक क्लाइमेट कन्ट्रोलका साथै भोइस कमान्ड र टाटा स्मार्ट रिमोट एप समावेश छ।


यसमा वाइड–एंगल क्यामरा र एडभान्स अल्ट्रासोनिक सेन्सर युक्त रिभर्स पार्किङ्ग सहायता समावेस गरिएको छ। चाबीको झण्झट मुक्त गर्न कम्पनीले यसमा पुस बटन स्टार्ट र सुविधाजनक नियन्त्रण गर्न मिल्ने इलेक्ट्रिक फोल्डेबल मिरर जडान गरेको छ।