चर्चित बन्दै परदेशीको पीडा समेटेको ‘नआउ मेरो भाई’ (हेर्नुस् भिडियो)

  • | मंगलबार, २२ जेष्ठ, २०७५
  • | 3 years ago

काठमाडौँ । विदेशमा भोगिने दुख र पीडालाई समटिएको ‘नआउ मेरो भाई’ बोलको नेपाली लोकदोहोरी गीतले निकै चर्चा पाइरहेको छ । मौलिक शब्द र यथार्थता बोकेको यो गीतमा रविन लामिछाने र सूर्य खड्काको सुमधुर आवाज रहेको छ ।

 

मौलिक शब्दहरुका सर्जक नवराज पन्तको शब्द र सिर्जना रहेको यस गीतमा संगीत भने रविन लामिछानेको रहेको छ ।

 

हजारौँ नेपालीले प्रदेशमा भाग्दै आएको दुखलाई समेटेर तयार पारिएको यो लोकगीतमा सरोज खनाल, महेन्द्र गौतम र मेलिना ठकुरीको अभिनय रहेको छ भने भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

 

हेर्नुस् भिडियोः