फिल्म निर्माता देउ कृष्ण देवानको ‘कञ्चनजंगा हिमालैमा...’ सार्वजनिक

  • | सोमबार, १४ जेष्ठ, २०७५
  • | 3 years ago

काठमाडौं । ‘तारेभीर’ फिल्मका निर्माता तथा कलाकार देउ कृष्ण देवान लिंखा याख्खाको निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । देउ कृष्ण देवानको निर्देशनमा बनेको ‘कञ्चनजंगा हिमालैमा घामको पहिलो झुल्का‘’ गीतको भिडियो सार्वजनिक भएको हो ।

 

देउ कृष्ण देवानको निर्देशनमा बनेको यो पहिलो भिडियो हो । तर उनले यस अगावै आफ्नै फिल्म ‘तारेभीर’मा सहायक निर्देशकको रुपमा काम गरसकेका छन् । त्यस्तै उनको कार्यकारी निर्देशनमा धेरै म्युजिक भिडियोहरु बनिसकेको छ ।


‘कञ्चनजंगा हिमालैमा’ गीतको भिडियोको बारेमा कुरा गर्दै निर्देशक देउ कृष्ण देवानले गीतसंगीत र फिल्म उद्योगमा आईसकेपछि आफुले सबै प्रकारको काम गर्न सक्नुपर्छ भन्ने धारणा राख्छन् । आफुले पहिले सिकेको र जानेको कुरालाई यस भिडियोमा उतारेको बताएका छन् । निर्देशक देउ कृष्ण देवानले ‘कञ्चनजंगा हिमालैमा’गीतको भिडियोलाई कालेम्पुङका रमणीय दृश्यहरुमा छायाँकन गरेका छन् ।


‘कञ्चनजंगा हिमालैमा’ गीतलाई कालेम्पुङका गायक प्रनेश राईले आकर्षक स्वरबद्ध गरेका छन् । यो गीतको शब्द संगीत पनि गायक राईको आफ्नै रहेको छ । गायक राईले यो गीत अगावै धेरै गीतहरु बजारमा ल्याइसेका छन् । गीतलाई किरण क्षेत्रीले एरेञ्ज गरेका हुन् ।

 

भिडियोमा साङ्गे शेर्पा, श्रृष्टि खपुङ लोजिफुङले फिचरीङ गरेका छन् । भिडियोमा निर्देशक देओकृष्ण देवान र मौसमराना राईको कोरियोग्राफि रहेको छ । भिडियोलाई अनुप पौडेलले सम्पादन गरेका हुन् ।

 

निर्देशक देउ कृष्ण देवानको यो भिडियोलाई नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।