‘हावा’ गीत लिएर आईन् प्राश्ना शाक्य (भिडियोसहित)

  • | मंगलबार, ११ बैशाख, २०७५
  • | 3 years ago

काठमाडौँ । ‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ गीत सार्वजनिक भएको छ ।

 

सार्वजनिक ‘ए हावा’ बोलको गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ ।

 

सुन्दर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ । युवराव वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।


भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमीकाको कथालाई देखाउन खोजिएको छ ।


हेर्नुस् भिडियो: