यस्तो बनेर आयो गायक लवटको सेन्टिमेन्टल गीत ‘झरिनै रह्यो आँसु मेरो’

  • | सोमबार, १० बैशाख, २०७५
  • | 3 years ago

काठमाडौं । ‘टोखा बजार’ गीतबाट चर्चामा आएका गायक वीर कृष्ण लवटको अर्को नयाँ गीत सार्वजनिक भएको छ ।


गायक लवटको सेन्टिमेन्टल गीत ‘झरिनै रह्यो आँसु मेरो’को भिडियो सार्वजनिक भएको हो ।


सानु श्रेष्ठको शब्दमा यो गीतलाई गायक लवटले आकर्षक स्वरबद्ध गरेका छन् । गायक लवटले सार्वजनिक भएको सो गीतको संगीत आफैले भरेका हुन् भने एरेञ्ज पनि आफैले गरेका हुन् ।


गायक लवटको यो गीतको भिडियोलाई किरण श्रेष्ठले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।


गायक लवटको सार्वजनिक गीतको भिडियोेलाई १५ टि फिल्मस्ले बनाएको हो । गायक लवटले श्रोता तथा दर्शकहरुलाई भर्खरै सार्वजनिक भएको आफ्नो नयाँ गीतको बारेमा बताउँदै प्रतिकृया दिन आग्रह गरेका छन् । साथै नेपाली गीत संगीतलाई सधैँ माया गरिदिनलाई आग्रह पनि गरेका छन् ।


गायक लवटको ‘झरिनै रह्यो आँसु मेरो’ गीत रिलिज पुर्व ‘माया मेरी साह्रै राम्री’, ‘म त होइन तिम्रो’ लगाएतका गीतहरु बजारमा ल्याएका थिए । गायक लवटका यी गीतहरुलाई सामाजिक सञ्जाल युट्युव तथा फेसबुकमा दर्शकहरुले धेरै मन पराईरहेका छन् ।


गायक लवटले बि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए । सोही एल्बममा समावेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो । गायक लवट काठमाडौंको टोखाका बासिन्दा हुन् ।


भिडियो :