ट्रक भित्र एलिसा र निराजनको रोमान्स

  • | शनिबार, २९ पुष, २०७४
  • | 3 years ago

काठमाडौँ , पुस २८ । चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ ।

 

मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो । जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि।पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ ।

 

दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ । जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ ।

 

युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

गीतमा स्मृति मोक्तानको शब्द र सुसन लामाको संगीत छ ।

 

हेर्नुहोस् भिडियो :