‘छक्का पञ्जा २’ हेरेर ताली बजाउने दर्शकहरु मुर्ख हुन्ः अभिनेत्री ऋचा शर्मा

  • | सोमबार, ११ मंसिर, २०७४
  • | 3 years ago

काठमाडौं । नायिका ऋचा शर्माले नेपाली चलचचित्र ‘छक्का पञ्जा’ हेरेर ताली बजाउने दर्शकहरु मुर्ख भएको बताएपछि उक्त चलचत्रि टीम नै उनीमाथि खनिएका छन् ।


ऋचाले दिएको अभिव्यक्ति प्रति सम्पूर्ण छक्का पन्जा टिमले सामजिक सञ्जालमा एउटै स्टाटस लेखेका छन् । ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाई मूर्ख भन्नु भएछ । प्रिय नायिका ज्यू दर्शकलाई मुर्ख भन्नु भएकोले नै तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन् ।न्भत धभिि कययल ‘

 

दीपा श्री निरौला निर्देशित फिल्म ‘ छक्का पन्जा २’ अझै पनि सिनेमा हलहरुमा प्रदर्शनरत छ । झण्डै ७५ दिन पुरा हुन लागेको फिल्मको बिषयमा अभिनेत्री ऋचा शर्माले नकरात्मक टिप्पणी गरेकी थिइन् ।


अभिनेत्री शर्माले भर्खरै राजधानीमा सम्पन्न एक गोष्ठीमा बोल्दै ‘छक्का पन्जा २’का महिला निर्देशकले महिलाहरुकै अपनामको कथा माथी निर्माण गरेको फिल्म भएको भन्ने घुमाउँरो पाराले बताईन् ।

 

तर यता दर्शकहरुले फिल्मलाई उल्लेख्य साथ दिएका छन् । ‘छक्का पन्जा’ यसै फिल्मका दास्रो सिक्वेल फिल्म ‘छक्का पन्जा २’ दुवै सफल फिल्म साबित भएका छन् ।

 

तर यता सिनेमा हलमा पुगेर ‘छक्का पन्जा’ फिल्म हेरेर ताली बजाउँने मानिसहरु चाँही मूर्ख हुन, भनेर अभिनेत्री शर्माले बताईएकी थिइन् ।