नेपाल आइडलको टप–४ बाट बाहिरिएका सागरलाई ४० लाख

  • | शनिबार, ७ असोज, २०७४
  • | 3 years ago

काठमाडौँ, असोज ७ । नेपाल टेलिभिजन इतिहाँसमा सर्वाधिक चर्चा कमाएको नेपाल आइडलको टप–४ बाट बाहिरिएका सागर आलेले ४० लाख प्राप्त गरेका छन् ।

 

सागरलाई ४० लाख नेपाल आइडल आयोजकले नभई उनका फ्यानहरुले प्रदान गरेका हुन् । यस बिषयमा नेपाल आइडलको आज ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको ग्र्याण्ड फिनाले कार्यक्रममा आफ्नो प्रस्तुति पश्चात सागर आलेले जानकारी गराएका हुन् ।


 कार्यक्रममा ओई झुमा....ओइ झुमाु बोल गीतमा प्रस्तुति दिए लगत्तै आफुलाई मायाँ गरि आफ्नो बैंक खातामा ४० लाख जम्मा गराउने आफ्ना फ्यानहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।

 

सागरले नेपाल आइडलको कतारमा भएको बिशेष कार्यक्रममा आफुलाई पठाइएको रकम गायन क्षेत्रमै खर्च गर्ने समेत उद्घोष गरेका छन् ।