नेपाल आइडलले गर्यो गम्भीर त्रुटी, यसरी भएकाे थियाे गल्ती

  • | शनिबार, १० भदौ, २०७४
  • | 4 years ago

अन्तर्राष्ट्रिय फ्रेन्चाइज भनिएको ‘सिङ्गिङ कम्पिटिशन’ नेपाल आइडलको पछिल्लो ‘शो’ मा गम्भीर त्रुटी देखिएको छ । बिहीबारको ‘शो’ मा उक्त कार्यक्रमको दर्शकले समेत थाहा पाउने गरी भिडियो अडिटर र निर्देशकले गम्भीर त्रुटी गरेका छन् ।

 

साविक झैँ बिहीबार पनि कार्यक्रम संचालन हुँदै थियो । तर कार्यक्रम सुरु भएको केही बेरपछि उत्कृष्ट ५ मध्येकी एक सुजाता पाण्डे प्रतिष्पर्धीहरु बस्ने बेन्चबाट एकाएक गायब भइन् । त्यसको केही बेरपछि गेस्ट जजको रुपमा आएका गायक प्रमोद खरेलले गीत सुनाए ।

 

त्पसपछि प्रतिष्पर्धी सागर आलेले गीत सुनाए । सागरले गीत गाइरहँदा पनि सुजाता गायव नै थिइन । बुद्ध लामाले गीत गाउन्जेलसम्म सुजाता देखिइनन् । तर बुद्धको गतिमा इन्दिरा जोशीले कमेन्ट गरिरहँदा भने उनी आमाको साथमा प्रतिष्पर्धीहरुको माझ देखिइन् । ५ प्रतिष्पर्धी मात्रै भएको उक्त कार्यक्रममा प्रतिष्पर्धी बाहेक अरु त्यहाँ बस्नु असोभनीय देखिन्थ्यो नै, त्यो पनि बिना कुने जानकारी ।

केही मिनेटपछि सुजाताले गाउने पालो आयो । सुजाता स्टेजमा आएर गाएपछि प्रस्तोताले उनलाई ‘सर्पाइज’ भन्दै उनकी आमालाई स्कृनमा देखाए । यो दृश्य आफैँमा नमिल्दो थियो । किनकी, सुजाताकी आमा उनले गीत गाउनुअघि नै उनको साथमा बसेर गीत सुनेको देखिन्थ्यो । तर सुजाताले स्टेजमा आमासँग भेट्दा पहिलो पटक भेटे झैँ अँगालो हालेर रोइन् ।

अर्को त्रुटीः

गायक प्रमोद खरेललाई कार्यक्रममा बोलाइएको दृश्य समेत एडिटिङमा गम्भीर त्रुटी नै हो । गायक खरेललाई कार्यक्रमको सुरुमै अर्थात् पहिलो मिनेटमै जजको लहरमा देखाइयो ।

 

तर त्यसको केहीबेरपछि उनलाई नदेखाएर एकैचोटी सागर आलेले पहिलो प्रस्तुती दिनुअघि अर्थात् १२ औँ मिनेटमा उनलाई गेस्टको रुपमा बोलाइयो । यहाँ पनि कार्यक्रमको गल्ती प्रस्ट देखियो । औपचारिक रुपमा गेस्टलाई बोलाउनुअघि नै दृश्यमा देखाइनु पक्कै पनि आयोजक अर्थात् कार्यक्रमका निर्देशक र एडिटरको पनि गल्ती हो ।